ज्योति लाईफकाे सम्पूर्ण सेवाकाे जानकारी अब च्याटमार्फत

<p>काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्सले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुरु गरेको छ। याेसँगैं अब ज्योति लाईफका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाईल एपबाटै च्याटमार्फत स्वचालित रुपमा [&hellip;]</p>

काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्सले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुरु गरेको छ।

याेसँगैं अब ज्योति लाईफका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाईल एपबाटै च्याटमार्फत स्वचालित रुपमा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ।

च्याटबटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ ।

यसमा कम्पनीका विभिन्न सेवाहरुमा बीमित र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धि जानकारी र सो को प्रतिक्रिया, हेल्पडेस्क, अनलाईन भुक्तानी, डाउनलोड तथा अन्य सेवाहरु उपलब्ध छन् ।

Share News