सेयर बजारमा चरम निराशा, १११ अंकले घट्यो नेप्से परिसूचक

<p>काठमाडौं । सोमबारको सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक साँढे २ घण्टामा १११.४६ अंकले घटेको छ । दिउँसो १ बजेर ३३ मिनेट जाँदा परिसूचक ३.९६ प्रतिशतले घटेर २७००.८० बिन्दुमा झरेको छ । यो अवधिमा २२३ वटा स्क्रिप्सको ५ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक साँढे २ घण्टामा १११.४६ अंकले घटेको छ ।

दिउँसो १ बजेर ३३ मिनेट जाँदा परिसूचक ३.९६ प्रतिशतले घटेर २७००.८० बिन्दुमा झरेको छ । यो अवधिमा २२३ वटा स्क्रिप्सको ५ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ ।

त्यस्तै, यो समाचार तयार पार्दासम्म २ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी समूह १८३ कम्पनीको सेयर मूल्य घटेको छ ।

Share News