मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि किनबेच गर्न पाइने

<p>काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । हालै प्राथमिक सेयर जारी गरी बाँडफाँड सम्पन्न गरेको कम्पनीको सेयर असोज ५ गते नेपा स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर असोज ६ गतेदेखि दोश्रो बजारमा [&hellip;]</p>

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । हालै प्राथमिक सेयर जारी गरी बाँडफाँड सम्पन्न गरेको कम्पनीको सेयर असोज ५ गते नेपा स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।

कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर असोज ६ गतेदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

पहिलो कारोबारको लागि नेप्सेले संस्थाको ओपनिङ्ग रेञ्ज तोकेको छ । जसअनुसार संस्थाको पहिलो कारोबार न्यूनतम प्रतिकित्ता ९५.७५ रुपैयाँदेखि अधिकतम २८७.२५ रुपैयाँको बीचमा हुने छ ।

संस्थाको ‘एमकेजेसी’ स्टक सिम्बोलबाट सेयर कारोबार हुने छ ।

Share News