साहस उर्जाको आईपीओ आजदेखि भर्न पाइने, यस्तो छ कम्पनीको अवस्था

<p>काठमाडौं । साहस उर्जाले असोज ६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गरेको छ । पहिलो चरणमा आयोजना प्रभावितलाई सेयर निष्काशन गरिसकेको संस्थाले दोश्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता अर्थात ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । जसमध्ये ३ [&hellip;]</p>

काठमाडौं । साहस उर्जाले असोज ६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गरेको छ । पहिलो चरणमा आयोजना प्रभावितलाई सेयर निष्काशन गरिसकेको संस्थाले दोश्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता अर्थात ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उनीहरुले असोज ६ गतेदेखि १० गतेसम्म कम्पनीको आईपीओ भर्न पाउने छन् । सोलुखोला दुध कोशी हाइड्रो परियोजनाबाट ८६ मेगावाटको बिद्युत निर्माण कार्य गरिरहेको आयोजनामा इच्छुकले कम्तिमा १० र बढीमा १० लाख ५० हजार कित्तासम्म आबेदन दिन पाउनेछन् । साहसकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

वित्तीय विवरण

हाल कम्पनीको कुल चुक्ता पुँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित तथा सर्वसाधारणको लागि आइपीओ जारि गरे पश्चात कम्पनीमा सेयर संरचना ७०ः३० रहनेछ भने चुक्ता पुँजी ३ अर्ब ५० करोड पुग्नेछ । ऋण भुक्तानी बैंकहरुसँग भएको सम्झौता अनुसार गरिएको छ । व्याजदर ९ प्रतिशत अनुमान गरिएको छ । साथै, बैंक शुल्क ऋण रकमको ०.१ प्रतिशत प्रक्षेपण गरिएको छ ।

हाल कम्पनीको जगेडा कोषमा १ अर्ब ४० करोड रुपैयाँ छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले कुल २ अर्ब ४३ करोड रुपैयाँको जगेडा कोष खडा गर्ने अनुमान गरेको छ ।

हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.४३ रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०८०/८१ मा १६९.७१ रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कुल ५४ करोड रुपैयाँ नाफा गरेकोमा आर्थिक वर्ष २०८०/८१ मा ९८ करोड रुपैयाँ नाफा गर्ने प्रक्ष्येपण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २८.२८ रुपैयाँ पुग्ने अनुमान कम्पनीको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ मा १३.२९ प्रतिशत नेटवर्थमा भएको प्रतिफल दिने अनुमान गरेको छ । कम्पनीले लाभांश भने दिने उल्लेख गरेको छैन ।

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस्

साहस उर्जाको आईपीओ विश्लेषणः अर्को वर्ष नै १ अर्ब जति नाफा, गृहणीदेखि महाविर पुनसम्मको लगानी

 

Share News