काठमाडौं । बुधबारको सेयर बजार निरन्तर रुपमा बढिरहेको छ । प्रि ओपनिङ सेसनदेखि उकालो लागेको बजार कारोबार शुरु भएको दुई घण्टासम्म निरन्तर रुपमा उकालो लागिरहेको छ ।
दिउँसो १ बजेर १८ मिनेट जाँदासम्म परिसूचक १०५.२६ अंकले उकालो लागेर २८१७.३३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.८८ प्रतिशतले बढी हो ।
यो समाचार तयार पार्दासम्म २१४ स्क्रिप्टको साढे ३ अर्ब रुपैयाँसम्मको सेयर कारोबार भईसकेको छ ।
त्यस्तै, यो अवधिसम्म १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने घट्नेमा कुनै पनि छैनन् ।