साहस उर्जाको आईपीओः दुई दिनमै साढे दुई गुणाको आवेदन, कतिले भरे सेयर ?

<p>काठमाडौं । साहस उर्जाले दोश्रो चरणमा जारी गरेको आईपीओमा दुई दिनमै साढे दुई गुणाको आवेदन परेको छ । असोज ६ गतेदेखि जारी भएको उक्त आईपीओमा आज(असोज ७ गते) दोश्रो दिनसम्ममा सो मात्राको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उक्त आईपीओमा हालसम्मा एक अर्ब ८८ करोड ९० लाख रुपैयाँ बराबरको [&hellip;]</p>

काठमाडौं । साहस उर्जाले दोश्रो चरणमा जारी गरेको आईपीओमा दुई दिनमै साढे दुई गुणाको आवेदन परेको छ । असोज ६ गतेदेखि जारी भएको उक्त आईपीओमा आज(असोज ७ गते) दोश्रो दिनसम्ममा सो मात्राको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार उक्त आईपीओमा हालसम्मा एक अर्ब ८८ करोड ९० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । आज साँझ ५ बजेर ४५ मिनेटसम्ममा १२ लाख ८९ हजार जना आवेदकले कम्पनीको एक करोड ८८ लाख ९० हजार कित्ताको लागि आवेदन दिइसकेका छन् । जुन कम्पनीले जारी गरेको आईपीओको तुलनामा २.६९८ प्रतिशत बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता अर्थात ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उनीहरुले असोज ६ गतेदेखि १० गतेसम्म कम्पनीको आईपीओ भर्न पाउने छन् । सोलुखोला दुध कोशी हाइड्रो परियोजनाबाट ८६ मेगावाटको बिद्युत निर्माण कार्य गरिरहेको आयोजनामा इच्छुकले कम्तिमा १० र बढीमा १० लाख ५० हजार कित्तासम्म आबेदन दिन पाउनेछन् ।

Share News