प्रभु बैंकको नयाँ शाखा काठमाडौंको हात्तीगौंडामा

<p>काठमाडौं, ३१ असार । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको हात्तीगौंडामा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले एक समारोहकाबीच सम्पन्न गरेका हुन् । गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये कलंकी शाखा कार्यालयलाई हात्तीगौंडामा स्थानान्तरण गरिएको हो । मर्जरको [&hellip;]</p>

काठमाडौं, ३१ असार । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको हात्तीगौंडामा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले एक समारोहकाबीच सम्पन्न गरेका हुन् । गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये कलंकी शाखा कार्यालयलाई हात्तीगौंडामा स्थानान्तरण गरिएको हो ।

prabhu_bankमर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Share News