मानुषी लघुवित्तको आईपीओ एक महिनापछि सूचीकृत, पहिलो कारोबार ४०० रुपैयाँसम्ममा हुने

<p>काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको एक महिनापछि सूचीकृत भएको छ । गत भदौ ७ गते बाँडफाँड भएको कम्पनीको आईपीओ असोज १० गते नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । संस्थाको कूल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर असोज ११ गते [&hellip;]</p>

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको एक महिनापछि सूचीकृत भएको छ । गत भदौ ७ गते बाँडफाँड भएको कम्पनीको आईपीओ असोज १० गते नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।

संस्थाको कूल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर असोज ११ गते सोमबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

संस्थाको पहिलो सेयर कारोबारको लागि नेप्सेले न्यूनतम १३२.६९ देखि अधिकतम ३९८.०७ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । यससँगै उक्त रेञ्ज भित्र रहेर कम्पनीको पहिलो सेयर कारोबार हुने छ ।

नेप्सेले संस्थाको स्टक सिम्बोल ‘एमएलबीएस’ तोकेको छ ।

कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ करोड ९३ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो ।

Share News