काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गरेको आईपीओ भोलि (असोज ११ गते) बाँडफाँड हुँदै छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र तथा सिन्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरेको आईपीओको बाँडफाँड भोलि सोमबार बिहान ९ बजे काठमाडौंको नक्सालस्थित रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा हुने छ ।
कम्पनीले आयोजना प्रभावित तथा सिल्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई कूल ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमध्ये आयोजना प्रभावितलाई १८ लाख र स्थानीयलाई ४२ लाख कित्ता सेयर छुट्टाइएको थियो ।
निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको थियो ।