
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आज(असोज ११ गते) बाट किनबेच गर्न पाइने छ । आइतबार(असोज १० गते) मात्रै नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर दोश्रो बजारमा सोमबारबाट कारोबार गर्न पाइने भएको हो ।
संस्थाको कूल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले संस्थाको पहिलो सेयर कारोबारको लागि न्यूनतम १३२.६९ देखि अधिकतम ३९८.०७ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । यससँगै लगानीकर्ताले कम्पनीको पहिलो सेयर कारोबार उक्त रेञ्ज भित्र रहेर गर्न पाउने छन् ।
नेप्सेले संस्थाको स्टक सिम्बोल ‘एमएलबीएस’ तोकेको छ ।
कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ करोड ९३ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । जसको बाँडफाँड गत भदौ ७ गते भएको थियो ।