काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले १७.८० प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १६.९०६४७४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८८९८१४४ प्रतिशत नगद गरी कूल १७.८० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव असोज १० गते बसेको कम्पनी सञ्चालक समितिले गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरी संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल संस्थाको चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पछि लघुवित्तको बोनस सेयर ९ करोड ७५ लाख रुपैयाँ पुग्ने छ ।