काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको आज (असोज ११ गते) बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ५२३ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ५७५ रुपैयाँमा भएको थियो ।