सेयर बजार राताम्मे, साढे १ घण्टामै ५२ अंकले घट्यो परिसुचक

<p>काठमाडौं । सेयर बजारमा आज पनि निरासा देखिएको छ । बजार घटेको साढे १ घण्टामै पुँजी बजार मापक नेप्से परिसुचक ५२ अंकभन्दा बढीले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार कारोबार सुरु भएको साढे १ घण्टा (११ बजे खुलेको बजार साढे १२ बजेसम्म) मा परिसुचक ५२.३० अंकले घटेको छ । घटेको बजारमा पनि [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा आज पनि निरासा देखिएको छ । बजार घटेको साढे १ घण्टामै पुँजी बजार मापक नेप्से परिसुचक ५२ अंकभन्दा बढीले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार कारोबार सुरु भएको साढे १ घण्टा (११ बजे खुलेको बजार साढे १२ बजेसम्म) मा परिसुचक ५२.३० अंकले घटेको छ । घटेको बजारमा पनि मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य भने ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै मैलुङखोला जलविद्युत कम्पनी, माउन्टेन इनर्जी लगायत ८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

सो समयसम्ममा ३८ लाख ३९ हजार कित्ता सेयर १ अर्ब ८४ करोड रुपैयाँमा खरिद विक्री भएका छन् । हिजो पनि बजार ऋणत्मक नै बनेको थियो । हिजो परिसुचक ६१.२७ अंकले घटेको थियो । सुचिकृत कम्पनीहरुले वार्षिक साधारणसभा गरेर लाभांश दिने मौसम सुरु भएपनि बजार भने घटिरहेको छ ।

Share News