नगद लाभांश पारित गर्न सीबीआईएल क्यापिटलले डाक्यो साधारणसभा

<p>काठमाडौं । सीबीआईएल क्यापिटलले आगामी कार्तिक ५ गते साधारणसभा आव्हान गरेको छ । क्यापिटलले सो दिन बिहान ११ बजे काठमाडौंको डिल्लीबजारस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा १५औं वार्षिक साधारणसभा डाकेको हो । सभाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २५ प्रतिशत (करसहित) का दरले ५ करोड [&hellip;]</p>

काठमाडौं । सीबीआईएल क्यापिटलले आगामी कार्तिक ५ गते साधारणसभा आव्हान गरेको छ । क्यापिटलले सो दिन बिहान ११ बजे काठमाडौंको डिल्लीबजारस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा १५औं वार्षिक साधारणसभा डाकेको हो ।

सभाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २५ प्रतिशत (करसहित) का दरले ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव रहेको छ ।

उक्त सभामा जाने प्रयोजनको लागि क्यापिटलको असोज २० गते एक दिन बुक क्लोज हुने छ । यससँगै असोज १९ गतेसम्म कारोबार गरेका सेयरधनीहरु उक्त सभामा भाग लिन तथा प्रस्तावित नगद लाभांश पाउन योग्य हुनेछन् ।

Share News