रिज लाईन ईनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

<p>काठमाडौं । रिज लाईन ईनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन(आईपीओ) जारी गर्ने भएको छ । जसको लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । असोज १२ गते भएको उक्त सम्झौता पत्रमा रिज लाईन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले अधिकृत [&hellip;]</p>

काठमाडौं । रिज लाईन ईनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन(आईपीओ) जारी गर्ने भएको छ । जसको लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

असोज १२ गते भएको उक्त सम्झौता पत्रमा रिज लाईन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजारको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । यससँगै कम्पनीले कूल २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ ।

Share News