७० अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम बढ्यो, तीन शीर्षकमा कुमारी बैंक अगाडि

<p>काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । बजार दैनिक निरन्तर रुपमा घटेर २६ सय बिन्दु नजिक पुगेको छ । मंगलबारको बजारमा पनि सेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६१ प्रतिशतले घटी हो । बजारमा परिसूचक घटेपनि सेयर कारोबार रकममा [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । बजार दैनिक निरन्तर रुपमा घटेर २६ सय बिन्दु नजिक पुगेको छ ।

मंगलबारको बजारमा पनि सेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६१ प्रतिशतले घटी हो ।

बजारमा परिसूचक घटेपनि सेयर कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार भने ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दिनभरको बजारमा १८६ कम्पनीसहित कूल २१८ वटा स्क्रिप्टको कारोबार भएको छ । ७५ हजार ३७४ पटकको कारोबारमा कूल १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबारमा आएका कम्पनीमध्ये कुमारी बैंक तीन शीर्षकमा अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको लाभांश घोषणा भएकैदिन कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन १८ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमको आधारमा मात्रै नभई बैंक कारोबार संख्या र कारोबार कित्ताको आधारमा पनि शीर्ष स्थानमा रहेको छ । कम्पनीको एकैदिन ६ लाख ११ हजार ४८४ कित्ता सेयर ३ हजार ३८४ पटकमा किनबेच भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो ।

दुई कम्पनीका लगानीकर्ताः जसको सम्पत्ति १० प्रतिशतले बढ्यो

मंगलबार कम्पनीको सेयर मूल्य २६ रुपैयाँले घटेर प्रतिकित्ता ३०३ रुपैयाँमा झरेको छ । लाभांश घोषणा गरेकै दिन कम्पनीको सेयर मूल्य ७.९० प्रतिशतले घटेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.३६ प्रतिशत लाभांश घोषणा गरेको हो । यससँगै लगानीकर्ताहरु निराश देखिएका मंगलबारको बजारले प्रष्टाएको छ ।

सोमबारको तुलनामा मंगलबारको बजारमा १० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, १७३ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी ३ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ ।

५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेको छ । जसमध्ये अधिकांश हाइड्रोपावर समूहका कम्पनी रहेका छन् ।

Share News