पुँजी बजारमा बुलिश सकिएकै छैन: लगानीकर्ता पौडेल

<p>काठमाडौं । पुँजी बजारका भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर बजार अझै बुलिश ट्रेण्ड नसिकएको जानकारी गराएका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत बजारमा बुलिश नसकिएको भन्दै सबैलाई जानकारी गराएका हुन् । साथै, उनले हालको बजारले लगानीकर्ताको विश्वास र धैर्यतालाई परिक्षण गरिरहेको समेत बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति समेत रहेका लगानीकर्ता [&hellip;]</p>

काठमाडौं । पुँजी बजारका भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर बजार अझै बुलिश ट्रेण्ड नसिकएको जानकारी गराएका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत बजारमा बुलिश नसकिएको भन्दै सबैलाई जानकारी गराएका हुन् ।

साथै, उनले हालको बजारले लगानीकर्ताको विश्वास र धैर्यतालाई परिक्षण गरिरहेको समेत बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति समेत रहेका लगानीकर्ता पौडेलले सञ्जालमार्फत लगानीकर्तालाई भनेका छन् ‘तपाईंको आफ्नो लगानीप्रतिको विश्वास र धैर्यातालाई पूँजी बजारले परिक्षण गरेको यो समयले नै तपाईंमा कति परिपक्कता आएको रहेछ भन्ने कुरा केही दिनमा नै प्रमाणित हुनेछ ।’

‘मेरो बिश्वास बुलिश सकिएको छैन,’ उनले लेखेका छन् ।

पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उच्च अंकले घटिरहेको छ । बुधबारको सेयर बजारमा पनि तीव्र उतारचढाव भइरहेको छ ।  हालसम्ममा परिसूचक घटेर न्यूनतम २५७८ र बढेर अधिकतम २६४७ बिन्दुसम्म पुगेको छ । यो समाचार तयार पार्दा (१२ः५७ बजे) सम्म सेयर कारोबार मापक नेप्से परिसूचक १० अंकले बढेर २६२५ बिन्दुसम्म पुगेको छ ।

Share News