बुद्धभूमि नेपालकाे आईपीओमा २५ गुणा बढी आवेदन, पौने १६ लाखले भरे सेयर

<p>काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओमा २५ गुणा बढी आवेदन परेको छ । कम्पनीले सेयर निष्काशन खुला गरेको तीन दिनमै मागभन्दा २५.१६ प्रतिशत बढी आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार बुधबार साँझसम्ममा २ अर्ब एक करोड २५ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । यो [&hellip;]</p>

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओमा २५ गुणा बढी आवेदन परेको छ । कम्पनीले सेयर निष्काशन खुला गरेको तीन दिनमै मागभन्दा २५.१६ प्रतिशत बढी आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार बुधबार साँझसम्ममा २ अर्ब एक करोड २५ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । यो अवधिसम्ममा १५ लाख ७७ हजार ८ जना आवेदकले कम्पनीको २ करोड एक लाख २५ हजार ३७० कित्ता माग गरेका छन् ।

कम्पनीले गत असोज ११ गतेबाट सर्वसाधारणका लागि आठ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशतअर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । सर्वसाधारणले यो सेयरमा असोज १४ गतेसम्ममा आवेदन दिनुपर्ने हुन्छ ।

Share News