कोरोना बीमा भुक्तानीमा अर्थमन्त्रीको चासो, आवश्यक प्रक्रिया अघि बढाउन समितिलाई दिए निर्देशन

<p>काठमाडौं । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । सो सम्बन्धमा चासो देखाउँदै मन्त्री शर्माले बुधबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई छलफलमा बोलाएका हुन् । शर्माले कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् । साथै, उनले यस विषयमा [&hellip;]</p>

काठमाडौं । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । सो सम्बन्धमा चासो देखाउँदै मन्त्री शर्माले बुधबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई छलफलमा बोलाएका हुन् ।

शर्माले कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् । साथै, उनले यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन् ।

हाल विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

Share News