तीव्र उतारचढावबीच घट्यो नेप्से, ३ अर्बमा खुम्चियो कारोबार, सबैभन्दा बढी नेपाल बैंकको

<p>काठमाडौं । बिहीबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । दिनभरको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले ओरालो लागेर २६३३.४२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२२ प्रतिशतले घटी हो । कारोबार खुल्ना साथ परिसूचक उकालो लागेको थियो । र, नियमित बजार खुलेको ९ मिनेटमै उकालो लागेर २६८७ बिन्दुसम्म पुगेको परिसूचक [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । दिनभरको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले ओरालो लागेर २६३३.४२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२२ प्रतिशतले घटी हो ।

कारोबार खुल्ना साथ परिसूचक उकालो लागेको थियो । र, नियमित बजार खुलेको ९ मिनेटमै उकालो लागेर २६८७ बिन्दुसम्म पुगेको परिसूचक थियो । तर त्यसपछिको कारोबारमा भने परिसूचकले उक्त उचाईमा पुग्न सकेन र अन्त्यमा घटेर २६३३.४२ बिन्दुमा अडिएको हो ।

परिसूचकसँगै बिहीबारको कारोबार रकम ३ अर्बमा खुम्चिएको छ । दिनभरी भएको कारोबारमा २२५ वटा स्क्रिप्टको जम्मा ३ अर्ब ७० करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३२ करोड रुपैयाँले घटी हो भने धेरै पछिको न्यून कारोबार हो । बजारमा ७३ लाख २१ हजार १४ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ४९२ रुपैयाँमा झरेको । जुन अघिल्लो दिनको तुलनामा ९ रुपैयाँले घटी हो । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ थियो ।

त्यस्तै, अपि पावर र मेगा बैंक बढी बढी कारोबार गर्नेको दोश्रो र तेश्रो स्थानमा रहेका छन् । बिहीबारको बजारमा यी दुबैको १०/१० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा तीन समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । म्युचुअल फण्ड ट्रडिङ समूह र अन्य समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

राताम्मे भएको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा भने सर्किट लागेको छ । बिहीबार मात्रै नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेर सर्किट लागेको छ । जसमध्ये नेपाल फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५२८, मनकामना स्मार्टको २११९ र मैलुङ्ग खोलाको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ पुगेको छ ।

Share News