रिडी हाइड्रोले १२.६ प्रतिशत लाभांश दिने, डाक्यो साधारणसभा

<p>काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२.६ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्छ । सो प्रयोजनको लागि [&hellip;]</p>

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२.६ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्छ ।

सो प्रयोजनको लागि कम्पनीले आफ्नो २०औं वार्षिक साधारण सभा आगामी कार्त्तिक १२ गते बोलाएको छ । जुन भर्च्युअल माध्यमबाट गर्ने कम्पनीले जानकारी गराएको छ ।

Share News