काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले जारी गरेको आईपीओमा २१ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज (असोज १४ गते) अन्तिम दिनसम्ममा २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् ।
अन्तिम दिन साँझ ५ बजेसम्ममा उनीहरुले २ अर्ब ६५ करोड ३१ लाख ४ हजार रुपैयाँ बराबरको अर्थात २ करोड ६५ लाख ३१ हजार ४० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । जुन संस्थाले माग गरेको भन्दा ३३.१६ गुणा बढी हो ।
कम्पनीले गत असोज ११ गतेबाट सर्वसाधारणका लागि आठ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशतअर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।
कम्पनीले माग गरेको भन्दा बढी आवेदन परेसँगै कम्पनीको आईपीओ निष्काशन आजबाट बन्द भएको छ ।