विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

<p>काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवाहरुबीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको &#8216;युवासँग महालक्ष्मी लाईफ&#8217; कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न भएकाे छ। सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले संचालन गरेकाे कार्यक्रममा [&hellip;]</p>

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवाहरुबीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न भएकाे छ।

सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो ।

बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले संचालन गरेकाे कार्यक्रममा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्व बारेमा जानकारी दिएका थिए ।

कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले सहभागि युवाहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि समेत गठन गरेका थिए ।

त्यसैगरी आजै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि युवासँग महालक्ष्मी लाईफू बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व जानकारी दिएका थिए ।

कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिए । कार्यक्रमको संचालन नायव अधिकृत नरेश बहादुर सिंहले गरेका थिए ।

Share News