लक्ष्मी लघुवित्तले घोषणा गर्यो २७ प्रतिशत लाभांश, गत ७ वर्ष यताकै उच्च

<p>काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २७.३६८ प्रतिशत लाभांश घोषणा गरेको हो । असोज १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफा चुक्ता पुँजीको २० प्रतिशत बोनस र ७.३६८ प्रतिशत नगद(कर समेत) गरी कूल २७.३६८ प्रतिशत लाभांश [&hellip;]</p>

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २७.३६८ प्रतिशत लाभांश घोषणा गरेको हो ।

असोज १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफा चुक्ता पुँजीको २० प्रतिशत बोनस र ७.३६८ प्रतिशत नगद(कर समेत) गरी कूल २७.३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३८ करोड ८५ लाख रुपैयाँ पुग्ने छ ।

गत ७ वर्षको लाभांश तथ्याङ्क अनुसार हाल प्रस्तावित लाभांश सबैभन्दा उच्च हो । संस्थाले आर्थिक वर्ष २०७१/२०७२ देखि यता २०७६/७७ को अवधिसम्ममा २७ प्रतिशत वा सो भन्दा बढी लाभांश वितरण गरेको थिएन । यो अवधिमा संस्थाले सेयरधनीलाई न्यूनतम १०.५३ र अधिकतम २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल भने संस्थाले सेयरधनीलाई सेयरधनीलाई दिने लाभांशको क्षमतालाई बढाएर २७.३६८४ प्रतिशत पुर्याएको छ ।

Share News