काठमाडौं । यूनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ । घोडीघोडाको हालै सम्पन्न विशेष साधारणसभाले संस्थालाई यूनिक नेपाल लघुवित्तले गाभ्ने निर्णय गरेको हो ।
संस्थाको पहिलो विशेष साधारणसभा असोज १६ गते शनिबार सम्पन्न भएको थियो ।
यससँगै घोडीघोडा लघुवित्त र यूनिक नेपाल लघुवित्तको स्वाप रेसियो अनुपात १ बराबर ०.५० तोकिएको छ । अब घोडीघोडा लघुवित्तको १०० कित्ता सेयर हुनेले यूनिक नेपालको ५० कित्ता सेयर पाउने छन् ।
संस्थाले मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट २०७८ भदौ १५ गते प्रारम्भिक सैद्धान्तिक सहमति पाइसकेको छ ।
मर्जर सम्बन्धमा २०७७ कार्त्तिक २१ गते दुई संस्थाबीच प्रारम्भिक समझदारी भएको थियो । त्यससँगै कार्त्तिक २३ गतेदेखि नै संस्थाको सेयर कारोबार रोक्का थियो ।
सम्बन्धित समाचार