काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
असोज १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ३२.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७० प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।