नेप्से परिसूचक दैनिक घटेर २५७० बिन्दुमा, सोमबार पौने ४ अर्बको पनि भएन कारोबार

<p>काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । सोमबारको बजारमा पनि नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ बिन्दुसम्ममा झरिसकेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले घटी हो भने धेरै यताको न्यूनतम बिन्दु हो । परिसूचक मात्रै होइन कारोबार रकम पनि दैनिक रुपमा घटिरहेको छ । सोमबारको कारोबार ३ अर्ब ६२ [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । सोमबारको बजारमा पनि नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ बिन्दुसम्ममा झरिसकेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले घटी हो भने धेरै यताको न्यूनतम बिन्दु हो ।

परिसूचक मात्रै होइन कारोबार रकम पनि दैनिक रुपमा घटिरहेको छ । सोमबारको कारोबार ३ अर्ब ६२ करोड रुपैयाँमा मात्रै सीमित भएको छ । जुन धेरैयताको न्यून कारोबार हो भने अघिल्लो दिनको तुलनामा ४९ करोड रुपैयाँले घटी हो ।

बजारमा २२७ कम्पनीको स्क्रीप्टहरु कारोबारमा आएका छन् । जसमध्ये यूनाईटेड मोदी हाईड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन १२ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ रहेको छ ।

घटको बजारमा पनि विभिन्न ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आशा लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, मैलुङ्ग खोला जलविद्युत कम्पनीको ९.९९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९७ र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८३ प्रतिशतले बढेको छ ।

सोमबारको बजारमा सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य ९.३८ प्रतिशतले घटेर प्रतिकित्ता १८८५ रुपैयाँमा झरेको छ ।

त्यस्तै, होटल्स एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र अन्य समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

Share News