नीतिगत अस्थिरताले सेयर बजार ओरालो लागेको एफएनसीसीआइको निष्कर्ष

<p>काठमाडौं । विभिन्न नीतिगत परिवर्तनको कारण सेयर बजारमा असर परेको उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै भदौ पहिलो साता यता क्रमश रुपमा सेयर बजार ओरालो लागेको कारण नै नीतिगत परिवर्तन भएको जनाएको छ । &#8216;मूल्य जस्तो संवेदनशील विषयमा  अन्य निकायको हस्तक्षेप, वित्तिय संस्थाहरुको लागानिलाई संकुचन गरिनु, सेयर धितो कर्जामा एकल धितो कर्जा सीमा [&hellip;]</p>

काठमाडौं । विभिन्न नीतिगत परिवर्तनको कारण सेयर बजारमा असर परेको उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै भदौ पहिलो साता यता क्रमश रुपमा सेयर बजार ओरालो लागेको कारण नै नीतिगत परिवर्तन भएको जनाएको छ ।

‘मूल्य जस्तो संवेदनशील विषयमा  अन्य निकायको हस्तक्षेप, वित्तिय संस्थाहरुको लागानिलाई संकुचन गरिनु, सेयर धितो कर्जामा एकल धितो कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्यकता अनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी संकलनमा रोक लगाउनु र विदुयुत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरिद बिक्री गर्दा १५ दिन अघि नै स्वोघोषणा गर्नुपर्ने व्यवस्थाले जस्ता विभिन्न नीतिगत परिवर्तनले सेयर बजारमा असर परेको देखिन्छ,’ महासंघले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

महासंघले लगातार बजार ओरालो लाग्दा आम नागरिक सशंकित भएकाे देखिएकाे र यसलाई तत्काल संशोधन गर्न र नीति नियम बनाउँदा सरोकारवालाहरुसँग छलफल गर्न आग्रह गरेको छ ।

 

Share News