ग्लोबल आईएमई लघुवित्तले २८ प्रतिशत बोनस दिने, नगद नदिने

<p>काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर मात्रै दिने प्रस्ताव गरेको हो । संस्थाले नगद लाभांशको प्रस्ताव भने गरेको छैन । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत [&hellip;]</p>

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर मात्रै दिने प्रस्ताव गरेको हो ।

संस्थाले नगद लाभांशको प्रस्ताव भने गरेको छैन । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ ।

हाल संस्थाको चुक्ता पुँजी ४३ करोड १७ लाख रुपैयाँ रहेको छ । २८ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ पुग्ने छ ।

Share News