काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई कूल ३२.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
असोज १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.६३ प्रतिशत नगद गरी कूल ३२.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ ।
हाल संस्थाको चुक्ता पुँजी २० करोड ६० लाख रुपैयाँ रहेको छ । प्रस्तावित ३१.०५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २६ करोड ९९ लाख रुपैयाँ पुग्ने छ ।