काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बागलुङ र बेनीमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ भित्र २५ वटा भन्दा बढी जिल्लामा उक्त बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने लक्ष्यका साथ उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।
कम्पनीले बेनी सामुदायिक माध्यमिक विद्यालय सम्पन्न कार्यक्रममा १०५ भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । प्रधानध्यापक काशिराम रेग्मिकाे अध्यक्षतामा उक्त कार्यक्रमम सम्पन्न भएकाे थियाे ।
कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमाल र क्षेत्रिय प्रमुख जमुना आचार्यले बीङ्गा सम्बन्धी प्रशिक्षण दिएका थिए ।
यसै क्रममा मंगलबार धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि बीमा जागरण कार्यक्रम सम्पन्न भएको थियाे । २५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गरेका थिए । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले संचालन गरेकाे कार्यक्रममा धमला र आचार्यले नै प्रशिक्षण दिएका थिए ।