प्रभावितको लागि सामलिङ्ग पावरको आईपीओ बाँडफाँड, सर्वसाधारणको लागि छिटै

<p>काठमाडाैं । सामलिङ्ग पावर कम्पनी प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले बुधबार (असाेज २० गते) आईपिओ बाँडफाँड गरेको हो । कम्पनीले २०७८ भदौ १८ गते देखि २०७८ असोज १ गतेसम्म अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु [&hellip;]</p>

काठमाडाैं । सामलिङ्ग पावर कम्पनी प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले बुधबार (असाेज २० गते) आईपिओ बाँडफाँड गरेको हो ।

कम्पनीले २०७८ भदौ १८ गते देखि २०७८ असोज १ गतेसम्म अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि निष्काशन गरेको साधारण शेयरहरु बुधबार बाँडफाँड गरेको हो ।

आयोजना अति प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि ३२५५ योग्य आवेदनहरु परेको थियो । आयोजना अति प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । पहिलो चरणको साधारण शेयर बाँडफाँड गरेसंगै कम्पनीले सर्वसाधारणहरुको लागि पनि साधारण शेयर निष्काशन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ ।

कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।

 

 

Share News