स्वावलम्बन लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश

<p>काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद (कर सहित) लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित [&hellip;]</p>

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद (कर सहित) लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ ।

हाल संस्थाको चुक्ता पुँजी ९४ करोड ३० लाख रुपैयाँ पुग्ने छ । १९ प्रतिशत लाभांश पश्चात संस्थाको चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख रुपैयाँ नाघ्ने छ ।

Share News