नेपाल बङ्गलादेश बैंकले बढायो लाभांश दर, बोनस र नगद कति ?

<p>काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २४ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र करसहित ३.५ प्रतिशत नगद गरी कूल १५.५० प्रतिशत लाभांश प्रस्ताव [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज २४ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र करसहित ३.५ प्रतिशत नगद गरी कूल १५.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गर्नुपर्छ ।

प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News