महिला लघुवित्तले घोषणा गर्यो ५० प्रतिशत लाभांश

<p>काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर सहित) गरी कूल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको [&hellip;]</p>

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

असोज २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर सहित) गरी कूल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारण सभाले पारित गर्नुपर्छ ।

हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ४५ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ४ लाख ५० हजार रुपैयाँ नाघ्ने छ ।

Share News