लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । सानिमा बैंकले आगामी कार्त्तिक १४ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले आफ्नो १७ औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांकेटमा गर्ने भएको हो । सभामा जाने प्रयोजनको लागि बैंकले आगामी कार्त्तिक ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यससँगै कार्त्तिक ६ गतेसम्म कायम [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले आगामी कार्त्तिक १४ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले आफ्नो १७ औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांकेटमा गर्ने भएको हो ।

सभामा जाने प्रयोजनको लागि बैंकले आगामी कार्त्तिक ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यससँगै कार्त्तिक ६ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ भने बैंकको साधारणसभाले पारित गर्न बाँकी छ ।

सम्बन्धित समाचार

सानिमा बैंकको लाभांश घोषणा, बोनस मात्रै १७ प्रतिशत

Share News