निफ्राको लाभांश परिमार्जन, अब नगदको सट्टा बोनस सेयर दिने

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रस्तावित लाभांश परिमार्जन भएको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो । असोज २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गर्ने निर्णय गरेको हो । बैठकले पहिला प्रस्ताव गरेको नगद लाभांशको सट्टा बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यससँगै [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रस्तावित लाभांश परिमार्जन भएको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो ।

असोज २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गर्ने निर्णय गरेको हो । बैठकले पहिला प्रस्ताव गरेको नगद लाभांशको सट्टा बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यससँगै बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित तथा अर्थ मन्त्रालयले स्वीकृत गर्नुपर्छ ।

यसअघि बैंकले सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको थियो । जसलाई नेपाल राष्ट्र बैंकले परिमार्जन गर्न बैंकलाई निर्देशन दिएको हो ।

Share News