कामना सेवा विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कार्त्तिक २३ गते १५औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा बिहान १० बजे बोलाउने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको लागि कार्त्तिक १० गते एक दिनको लागि बैंकको बुक क्लोज हुनेछ [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कार्त्तिक २३ गते १५औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा बिहान १० बजे बोलाउने निर्णय गरेको हो ।

सभामा जाने प्रयोजनको लागि कार्त्तिक १० गते एक दिनको लागि बैंकको बुक क्लोज हुनेछ । यससँगै नेप्सेमा कार्त्तिक ९ गतेसम्म कारोबार भई सेयर खरिद गरी नियमानुसार आफ्नो नाममा सेयर नामसारी भई आएका सेयरधनी उक्त सभामा भाग लिन सक्ने र आर्थिक वर्ष २०७७/०७८ को नगद लाभांश तथा बोनस सेयर पाउन योग्य हुनेछन् ।

उक्त सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट ३/३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आएअनुसार बैंकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड रुपैयाँ नाघ्ने छ ।

Share News