सेयर बजार ५४ अंकले घट्यो, नेप्से २६०० नजिक

<p>काठमाडौं। सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको डेढ घण्टामा सेयर बजार ५४ अंकले घटेको छ । यस अवधिमा ९८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । १२ः३० सम्मका १८५ कम्पनीको सेयर किनबेच भएका छन् । त्यसमा १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य वृद्धि [&hellip;]</p>

काठमाडौं। सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको डेढ घण्टामा सेयर बजार ५४ अंकले घटेको छ । यस अवधिमा ९८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

१२ः३० सम्मका १८५ कम्पनीको सेयर किनबेच भएका छन् । त्यसमा १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । बोटलर्स नेपाल, एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त र एनआईसी एशिया डिभेन्चरबाहेक सबैको सेयर मूल्य घटेको छ ।

नेप्से परिसूचक २६०२ मा झरेको छ । यो अंग गत असार यताको सबैभन्दा कम अंक हो ।

दशैंअघिको साता सेयर बजारमा मूल्य वृद्धिको संकेत देखिएको थियो । पहिलो दिने नेप्सेमा वृद्धि देखिएपनि दोस्रो दिन उच्च गिरावट देखिएको छ ।

बाणिज्य बैंकहरूले साढे ११ प्रतिशतसम्म व्याजमा निक्षेप उठाउन थालेपछि सेयर बजारमा उच्च गिरावट देखिएकाे जानकारहरूले बताएका छन् । कात्तिक १ देखि लागू हुने गरि हिमालयन बैंकले ११.६७ प्रतिशत व्याज अफर गरेकाे छ भने एनअाइसीले ११.१ र लक्ष्मी बैंकले ११.०५ प्रतिशत व्याजमा निक्षेप उठाउन थालेकाे छ ।

Share News