गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विपिन कुमार नियुक्त

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विपिन कुमार लाल नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । कम्पनीले आगामी ४ वर्षका लागि लाललाई सीइओमा नियुक्त गरेको हो । एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टमा व्यवस्थापन विषयमा मास्टर डिग्री गरेका विपिन कुमार यसअघि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल [&hellip;]</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विपिन कुमार लाल नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।

कम्पनीले आगामी ४ वर्षका लागि लाललाई सीइओमा नियुक्त गरेको हो ।

एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टमा व्यवस्थापन विषयमा मास्टर डिग्री गरेका विपिन कुमार यसअघि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडमा कार्यरत थिए ।

तत्कालिन सिइओ नारायण कुमार भट्टराई व्यक्तिगत कारण देखाई असोज १९ गते पदबाट राजीनामा दिएका थिए । भट्टराईको राजीनामा कार्तिक एक गते देखि लागू हुनेगरी सञ्चालक समितिले स्वीकृत गरेको थियो ।

Share News