काठमाडौं । आज पनि सेयर बजारमा निरासा कायमै रहेको छ । लगानीकर्ताले मूल्य बढ्ने आशा गर्नुको साटो मूल्य घटेर भएपनि आफूसँग भएको सेयर बेच्न खोज्दा बजार घटेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार मापक नेप्से परिसुचक ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा आइपुगेको छ । आज बजार बन्द हुँदा परिसुचक २.९९ प्रतिशतले घटेको हो । आज परिसुचक १०४.६२ अंकले (४.०४ प्रतिशत) सम्मले घटेको थियो ।
आज ३ अर्ब ७७ करोड ७७ लाख रुपैयाँमा ९५ लाख ७२ हजार कित्ता सेयर कारोबार भए ।
आज दोस्रो बजारका सबै समुहको सुचक घटेका छन् । बैंकिङ समुहको सुचक ५१.६६ अंकले, ट्रेडिङ समुहको सुचक ५१.९३ अंकले, होटल तथा टुरिजम समुहको सुचक ८८.२९ अंकले, विकास बैंक समुहको सुचक १९४.९७ अंकले र जलविद्युत समुहको सुचक ११७.९९ अंकले घटेका छन् । यस्तै, फाइनान्स समुहको सुचक ११२.१४ अंकले, निर्जीवन बीमा समुहको सुचक ३१४.०८ अंकले, उत्पादनमुलक समुहको सुचक १७५.३२ अंकले, अन्य समुहको सुचक ३३.३२ अंकले, लघुवित्त समुहको सुचक १३५.८२ अंकले, जीवन बीमा समुहको सुचक ४२८.३९ अंकले, म्युचुअल फण्ड समुहको सुचक ०.१७ अंकले र लगानी समुहको सुचक २.४ अंकले घटेका छन् ।