फर्ष्ट माइक्रोफाइनान्सले सार्वजनिक गर्यो तीन महिनाको वित्तीय विवरण, प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ

<p>काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार संस्थाले गत असोज मसान्तसम्ममा २ करोड ९६ लाख ४८ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ६८ हजार रुपैयाँले घटी हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ को असोज [&hellip;]</p>

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार संस्थाले गत असोज मसान्तसम्ममा २ करोड ९६ लाख ४८ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ६८ हजार रुपैयाँले घटी हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्ममा २ करोड ९७ लाख १६ हजार रुपैयाँ बढी नाफा कमाएको थियो ।

समिक्षा अवधिमा संस्थाको खुद व्याज आम्दानी पनि घटेर ४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा संस्थाको खुद व्याज आम्दानी ५ करोड २७ लाख ५७ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, सञ्चालन नाफा घटेर ४ करोड ७० लाख रुपैयाँमा झरेको छ ।

हाल संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख र जगेडा कोषमा २० करोड ३६ लाख रुपैयाँ सञ्चित रहेको छ । जुन अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा क्रमशः १० र २२ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १२.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२१.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७३.६० रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११३१.४१ रुपैयाँ रहेको छ ।

Share News