महिला लघुवित्तको लाभांश संशोधन, बढ्यो बोनस

<p>काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार गत आर्थिक वर्षको प्रस्तावित लाभांश संशोधन गरेको हो । कार्त्तिक ५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले कूल ५० प्रतिशत लाभांश नै हुने गरी बोनस र नगदमा हेरफेर गर्ने निर्णय गरेको हो । यससँगै संस्थाले आर्थिक वर्ष [&hellip;]</p>

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार गत आर्थिक वर्षको प्रस्तावित लाभांश संशोधन गरेको हो ।

कार्त्तिक ५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले कूल ५० प्रतिशत लाभांश नै हुने गरी बोनस र नगदमा हेरफेर गर्ने निर्णय गरेको हो । यससँगै संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हालसम्म कायम चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ४७.५ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ४ लाख ७५ हजार रुपैयाँ नाघ्ने छ ।

यसअघि संस्थाले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कूल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Share News