बीमा कम्पनीले उठाए पौने ४८ अर्ब प्रिमियम, गत वर्षको भन्दा २० प्रतिशत बढी

<p>काठमाडौं । पछिल्लो तीन महिनामा बीमा कम्पनीहरुले पौने ४८ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा कूल ४७ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । जुन गत वर्षको भन्दा २०.११ प्रतिशतले बढी हो । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ [&hellip;]</p>

काठमाडौं । पछिल्लो तीन महिनामा बीमा कम्पनीहरुले पौने ४८ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा कूल ४७ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।

जुन गत वर्षको भन्दा २०.११ प्रतिशतले बढी हो । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाससम्ममा ३९ अर्ब ८६ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ।

समितिको तथ्याङ्क अनुसार निर्जीवनभन्दा जीवन बीमा कम्पनीले बढी प्रिमियम उठाएका छन् । समीक्षा अवधिमा जीवन बीमा कम्पनीले कूल ३८ अर्ब १८ करोड र निर्जीवन बीमा कम्पनीले कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा क्रमशः १८.२८ र २७.८८ प्रतिशतले बढी हो ।

२०७७ असोजमा जीवन बीमा कम्पनीले ३२ अर्ब २८ करोड र निर्जीवन बीमा कम्पनीले ७ अर्ब ५८ करोड रूपैयाँ मात्रै बीमाशुल्क उठाएका थिए ।

त्यस्तै, असोज महिनासम्ममा जीवन बीमा कम्पनीले ९० लाख ९ हजार २७७ र निर्जीवन बीमा कम्पनीले ७ लाख ३० हजार ९९७ वटा बीमालेख जारी गरेका छन् । जसमध्ये जीवन बीमा कम्पनीको बीमालेख संख्यामा वृद्धि भएको छ भने निर्जीवन बीमा कम्पनीको घटेको छ ।

समीक्षा अवधिसम्ममा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३९ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको भदौको तुलनामा १७.९६ प्रतिशतले बढी हो । त्यस्तै, निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १५.९९ प्रतिशतले बढेर १९ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

Share News