सेयरधनीलाई स्पष्ट रुपमा नगद लाभांश पठाउन बोर्डको आग्रह

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा गराउन आग्रह गरेको छ । बोर्डले कार्त्तिक ८ गते एक विज्ञप्ति मार्फत नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत संगठित संस्थाहरुलाई सो आग्रह गरेको हो । सूचीकृत कम्पनीहरुले आफै सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराउँदा पर्याप्त जानकारी नआएको गुनासो आएसँगै बोर्डले उक्त निर्देशन दिएको हो । [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा गराउन आग्रह गरेको छ । बोर्डले कार्त्तिक ८ गते एक विज्ञप्ति मार्फत नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत संगठित संस्थाहरुलाई सो आग्रह गरेको हो ।

सूचीकृत कम्पनीहरुले आफै सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराउँदा पर्याप्त जानकारी नआएको गुनासो आएसँगै बोर्डले उक्त निर्देशन दिएको हो ।

‘सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश सेयरधनीको बैंक खातामा आफै जम्मा गर्दा र आफ्नो सेयर रजिष्ट्रार मार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेण्टमा उक्त सेयर रजिष्ट्रार (क्यापिटल)को नाम मात्र आउने गरेकोले कुन कम्पनीको लाभांस हो, कुन आर्थिक वर्षको कुन दरको लाभांस हो स्पष्ट हुन नसकेको र हिसाब किताब राख्न सहज नभएको लगायतका व्यहोराको गुनासो बोर्डमा आउने गरेको’ बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यससँगै कम्पनीहरुले आफै वा आफ्नो सेयर रजिष्ट्रार मार्फत सेयरधनीको बैंक खातामा नगद लाभांस भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, दर आदि खुल्ने गरी पठाउन बोर्डले आग्रह गरेको छ ।

साथै, यस कार्यलाई सहजीकरण गर्न नेपाल क्लियरिङ्ग हाउसले हालै तोकिदिएको ढाँचामा (२८ सेप्टेम्बर, २०२१) अनिवार्य रुपमा सूचित गर्नुपर्ने विषयहरु स्पष्ट रुपमा खुलाई पठाउने व्यवस्था गर्न बोर्डले सम्बन्धित सूचीकृत कम्पनीहरुलाई अनुरोध गरेको छ ।

Share News