बैंक अफ काठमाण्डूले घोषणा गर्यो १४ प्रतिशत लाभांश

<p>काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कार्त्तिक ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ४ प्रतिशत नगद (कर समेत) लाभांश वितरण गर्ने निर्णय गरेको [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कार्त्तिक ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ४ प्रतिशत नगद (कर समेत) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ ।

प्रस्तावित १४ प्रतिशत लाभांश गत तीन वर्ष यताकै कम हो । बैंकले यसअघि आर्थिक वर्ष २०७६/७७, २०७५/७६ र २०७४/७५ को नाफाबाट क्रमशः १६, १७ र २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News