युनिक फाइनान्सको नाफा १२१ प्रतिशतले वृद्धि, १६ प्रतिशत बोनस सेयर दिन सक्ने

<p>काठमाडौं, ४ साउन । युनिक फाइनान्स कम्पनीले गत आर्थिक वर्ष ४ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा फाइनान्सले १२१ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष फाइनान्सले २ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करिब १६ प्रतिशत बोनस सेयर [&hellip;]</p>

काठमाडौं, ४ साउन । युनिक फाइनान्स कम्पनीले गत आर्थिक वर्ष ४ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा फाइनान्सले १२१ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष फाइनान्सले २ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करिब १६ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी २३ करोड ८६ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस फाइनान्सलाई बोनस सेयर दिनुपर्ने बाध्याता छ ।
निक्षेप ८० करोड ८ लाख छ भने कर्जा तथा लगानी ६२ करोड १ लाख रुपैयाँ रहेको छ । फाइनान्सको खराब कर्जा ०.१६ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ५० प्रतिशत छ ।

Share News