नाडेप लघुवित्तले घोषणा गर्यो अघिल्लो वर्षको भन्दा दुई गुणा बढी लाभांश

<p>काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कार्त्तिक १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित [&hellip;]</p>

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कार्त्तिक १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ४८ करोड ५७ लाख रुपैयाँ पुग्ने छ ।

प्रस्तावित २१.०५३ प्रतिशत लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा दुई गुणा बढी हो । संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई कूल १० प्रतिशत बोनस सेयर मात्रै वितरण गरेको थियो ।

Share News