विद्युत महशुल दर अझ घटाउनु पर्छ: एफएनसीसीआई

<p>काठमाडौं । सरकारको विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने निर्णयको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले स्वागत गरेको छ । एफएनसीसीआईले विद्युत नियमन आयोगको यस निर्णयले कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई थप राहत पुग्ने विश्वास व्यक्त गरेको छ । एफएनसीसीआईले विद्युत डिमाण्ड शुल्क बृद्धि नगर्न सरकारसँग आग्रह गर्दै आएको थियो । एफएनसीसीआईको सुझाव अनुसार नै डिमाण्ड शुल्क वृद्धि [&hellip;]</p>

काठमाडौं । सरकारको विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने निर्णयको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले स्वागत गरेको छ । एफएनसीसीआईले विद्युत नियमन आयोगको यस निर्णयले कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई थप राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।

एफएनसीसीआईले विद्युत डिमाण्ड शुल्क बृद्धि नगर्न सरकारसँग आग्रह गर्दै आएको थियो । एफएनसीसीआईको सुझाव अनुसार नै डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।

यस्तै विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुल अझ सस्तो हुनुपर्ने एफएनसीसीआईले जनाएको छ । यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग पुग्ने एफएनसीसीआईको धारणा छ ।

Share News