सरकारका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै, सरकार छोड्न लागेको संकेत

<p>काठमाडौं, ४ साउन । बर्तमान सरकार विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि सरकारका मन्त्रीहरु आफ्नो कार्यकालको समीक्षा गर्न पत्रकार सम्मेलन गर्न लागेका छन् । आज (मंगलवार) मात्रै एमालेको तर्फवाट उद्योगमन्त्रालयको जिम्मेवारी पाएका सोमप्रसाद पाण्डेले दिउसो १ बजे पत्रकार सम्मेलन गरेका छन् भने अर्थमन्त्रीले पनि पत्रकार सम्मेलनको निम्तो पठाइसकेका छन् । मन्त्री पाण्डेले १ बजेको लागि [&hellip;]</p>

काठमाडौं, ४ साउन । बर्तमान सरकार विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि सरकारका मन्त्रीहरु आफ्नो कार्यकालको समीक्षा गर्न पत्रकार सम्मेलन गर्न लागेका छन् । आज (मंगलवार) मात्रै एमालेको तर्फवाट उद्योगमन्त्रालयको जिम्मेवारी पाएका सोमप्रसाद पाण्डेले दिउसो १ बजे पत्रकार सम्मेलन गरेका छन् भने अर्थमन्त्रीले पनि पत्रकार सम्मेलनको निम्तो पठाइसकेका छन् ।

मन्त्री पाण्डेले १ बजेको लागि पत्रकार सम्मेलनको जानकारी गराए लगत्तै अर्थमन्त्री विष्णु पौडेलले आजै ३ बजे पत्रकार सम्मेलन गर्ने निम्तो आएको छ । दुबै मन्त्रीले पठाएको निम्तोमा समसायिक विषयमा पत्रकारसँग अन्तरक्रिया गर्ने भनिएको छ ।

बर्तमान सरकारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँग केन्द्रले बर्तमान सरकार विरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गरिसकेको छ । अविश्वास प्रस्तावमा प्रमुख विपक्षी दल नेपाली काँग्रेसको पनि समर्थन छ भने संविधान घोषणा हुनुअघिदेखि नै संविधानले आदिबासी, जनजाति र मधेशी जनताको अधिकार संरक्षण गरेन भन्दै आन्दोलित मधेशी मोर्चाले पनि सरकार विरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सरकार विरुद्ध वहुमत पुगेपछि सरकार ढल्ने विश्लेषण गर्दै मन्त्रीहरुले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनीहरुले आफ्नो कार्यकालमा भएको प्रगतिको चर्चा गर्ने अनुमान गरिएको छ । सरकार विरुद्ध ब्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि ६ साउनदेखि छलफल हुने कार्यक्रम तय भएको छ । अगामी ८ साउनमा सो प्रस्तावमाथि मतदान हुने चर्चा छ । अहिलेसम्मको राजनीतिक घटनाक्रमले सरकार विरुद्धको अविश्वास प्रस्ताव पारित हुने देखाएको छ ।

Share News